२६ माघ, विराटनगर। मोरङको बुढीगंगा गाउँपालिकामा प्राधिकरण र प्रहरीको सँयुक्त टोलीले बिहिबार राती विधुत चोरीमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको छ। बुढीगंगा गाउँपालिका ५ का सुरज चौधरी, बुढीगंगा-४ का जगत खड्का, अनन्त मिर्दा, बुढीगंगा-१ का रविन्द्र ठाकुर, राजेश राजबंशी र प्रमोद यादव समेत ६ जनालाई प्रहरीले हुकिङ गरि घरमा बिधुत लगेको पाईएपछि नियन्त्रणमा लिएको हो।

विधुत चोरी नियन्त्रण अभियान अन्तरगत प्राधिकरण र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको सँयुक्त टोलीले राती १० बजेतिर उनीहरुको घरमा हुकिङ गरी बिधुत चोरी गरेको भेटेका थिए। सबैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई राखीएको छ।

तपाईको प्रतिक्रिया