२६ माघ, इनरुवा। १ नम्बर प्रदेशको मुख्यमन्त्री शेरधन राई हुने निश्चित भएको छ। सहमति हुन नसकेपछि नेकपा एमालेले शुक्रबार निर्वाचन प्रक्रिया बाट संसदीय दलको नेतामा शेरधन राईलाई छानेको हो । राईले पार्टी सचीव भिम आचार्य लाई २ मतले पछि पार्दै संसदीय दलको नेता बने संगै १ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित भएको हो। नेकपा एमालेको १ नम्बर प्रदेशमा भएको जम्मा ५१ जना सांसद मध्ये २६ जनाले शेरधन राईको पक्षमा मतदान गरेका थिए भने २४ जना सांसदको मत आचार्यको पक्षमा खसेको थियो । १ मत बदर भएको बताइएको छ।

तपाईको प्रतिक्रिया