२६ माघ, इनरुवा। युवा बिकास तथा शशक्तिकरणको क्षेत्रमा कार्य गर्दै आएको युथ क्रिएसन सुनसरीले इनरुवामा परियोजनाबारे सुनसरीका सरोकारबालाहरुसँग छलफल गरेको छ ।

कार्यक्रममा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी सहित सरोकारवाला निकायका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्काइ मोडेलबाट युवा बिकास तथा आर्थिक शशक्तिकरणको पाटोमा संस्थाले संचालन गर्दै आएका क्रियाकलापका बारेमा जानकारी गराइएको थियो ।

वल्र्ड भिजनको सहयोगमा युथ क्रिएसनले संकटासन्न युवाहरुलाई लक्षित गरी सुनसरीका साविक ६ वटा गाविसमा युवा विकास तथा स्पोन्सरसिप सामूदायिक संलग्नता परियोजना संचालन गर्दै आएको परियोजना संयोजक भविन्द्र विश्वकर्माले बताए । क्रिएसनले समाजमा युवा सक्रियतासँगै आर्थिक शशक्तिकरण र लक्षित समूदायको हीतमूखी कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया