हेटौंडा । हेटौंडामा ३ नम्बर प्रदेशका सांसदहरुले पाउने सुविधा थपिँदै गएको छ । सांसदका लागि हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा धेरै सुविधा थपिने भएको छ । प्रदेशसभा बैठकका लागि हेटौंडा आएका सांसदहरुले होटल तथा लजमा ४० प्रतिशत छुट पाइरहेका छन् ।

प्रदेश सांसदलाई बस्न भाडाको घर खोज्नुपर्ने गरी काम थालिएको छ । यहाँका सरकारी घरमा सांसदहरुलाई राख्ने गरी तयारी भएको छ । समाचारमा लेखिएको छ, साथै, सहुलियतमा घडेरी उपलब्ध गराउने निर्णय शुक्रबार भएको छ । सांसदहरुलाई उपमहानगर क्षेत्रमा घर बनाउन घडेरी दिने भएको हो ।

हेटौंडा नगर विकासको स्वामित्वमा रहेको जग्गालाई प्रदेश सांसदलाई घडेरीका रुपमा दिने सर्वदलीय निर्णय गरिएको हो । घडेरी किनेबापतको रकम प्रदेश सांसदहरुले पाँच बर्षसम्ममा भुक्तानी गरे हुनेछ । किस्ताबन्दीमा मासिक पैसा दिने गरी पदावधिभर घडेरीको रकम भुक्तान गरे हुने भएको छ ।अाजकाे आजको नेपाल समाचारपत्रमा खबर छ ।

तपाईको प्रतिक्रिया