२७ माघ, इनरुवा। ईनरुवामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सुनसरी हरिनगरा-३ बस्ने २३ वर्षीय अमरेश कुम्बरको उपचारका क्रमममा ईनरुवा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनी सवार को ३० प २९९३ नम्बर राती ९:३० बजे ईनरुवा ९ बबियामा दुर्घटना भएको थियो ।

तपाईको प्रतिक्रिया