इनरुवा माघ २७/इनरुवा नगरपालिका वडा नम्वर ४ स्थित बिरेन्द्र टोल बिकास संस्थाले २ नम्वर प्रदेशबाट राष्ट्रिय सभाकालागि निर्विरोध निर्वाचित सदस्य सहित निर्वतमान कार्यसमितिलाई सम्मान गरेको छ । कार्यक्रमा प्रमुख अतिथि नगर प्रमुख राजन मेहता सहित संस्थाका अध्यक्ष मोहन प्रसाद गडतौताले राष्ट्रिय सभा सदस्य प्रमिला यादव सहितका संस्थाका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।

वडाध्यक्ष श्यामदेव मेहताको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा नैनकला दाहाल , देवकी यादव, चन्दन यादव, नारायण प्रसाद कोइराला, युवराज अधिकारीका साथै पिछडा वर्ग महासंघका अध्यक्ष धर्मेन्द यादव, लगायतकाले बोलेका थिए । संस्थाका सचिव महेश गुरागाईले कार्यक्रम संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख राजन मेहताले टोलको बिकासकालागि सडक नाला ,नहर व्यवस्थित गर्न दुवै तर्फ पर्खाल बनाएर व्यवस्थित बनाई बाटोलाई चौडा गर्ने प्रतिवद्धता जनाए । वडाध्यक्ष मेहताले आफ्नो क्षेत्रमा बिकास गर्न नसके जिम्मेबारी लिँदै बाटोनै नटेक्ने बताए । कार्यक्रममा टोलका स्थानीयहरुले विभिन्न समस्या बारेमा सरोकारवाला समक्ष अवगत गराएका थिए ।

तपाईको प्रतिक्रिया