अमर काफ्ले, इनरुवा माघ २८/ एक अर्वको लगानी रहने राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्रको पहिलो प्रादेशिक शाखा सुनसरीमा स्थापना हुने भएको छ । सुनसरीको कोशी गाउँपालिका स्थित खुनियाधारमा बन्न लागेको अनुसन्धान केन्द्रले तत्काल गाउँपालिकाले उपलब्ध गराएको भाडाको भवनबाट कार्य थाल्ने छ ।

कार्यालय स्थापनाकालागि गाउँपालिकाले १० बिगाह जग्गा अनुसन्धान केन्द्रलाई उपलब्ध गराई सकिएको गाउँपालिका अध्यक्ष अयुब अन्सारीले जानकारी दिनुभयो । लौकहीमा अर्थमंत्री ज्ञानेन्द्र बहादुर कार्कीले तत्कालबाटै कार्य संचालनमा ल्याउनेगरी आज कार्यालयको उद्घाटन गर्नुभएको छ । राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्रको सुनसरीमा बन्न लागेको प्रादेशिक शाखाकालागि नेपाल सरकारबाट ५ करोड रकम निकाशा भैसकेको अर्थमंत्री कार्कीले बताउनुभयो ।

चिन सरकारको सहयोगमा बन्ने अत्याधुनिक सुविधा सम्पन्न आर्युवेद अनुसन्धान तथा तालिम केन्द्र प्रदेश नम्वर १ कै नमूना बन्ने मंत्री कार्कीको भनाई छ । चुनावी दौडाहामा मतदाता समक्ष गरेको बाचा अनुरुप प्रदेश शाखा स्थापना गर्न लागेको मंत्री कार्कीले बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा.सिद्धार्थ ठाकुरले शाखा स्थापना, चिकित्सकिय सेवा सहित पूर्वमा रहेका जडिबुटीको अध्ययन र अनुसन्धानकालागि कोशेढुङ्गा साबित हुने बिश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया