२९ माघ, मिकाइल आलम इनरुवा। सुनसरीको भाणटावारीमा जारी तेस्रो टि २० क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा विजयी हुँदै भाणटावारी बी सेमिफाइनलमा प्रवेश गरेको छ । स्थानीय श्री आधारभूत बिद्यालयको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भाणटावारी बी ले निर्धारित २० मा १ सय ४३ रनको योगफल तयार पारेको थियो ।

उसका लागि अमीत यादवले सर्वाधिक ८६ रन बनाए । जवाफमा १ सय ५४ रनको चुनौती पछ्याएको लहान मात्र ७६ रनमा अल आउट भएको थियो । लहानलाई कम योगफलमा रोक्न भाणटावारी बी सैनुल आलमले सर्वाधिक ४ विकेट लिए भने निकु मण्डलले ३ विकेट लिएका थिए । सोमबारको खेलको म्यान अफ द म्याच अमीत यादव भएको आयोजक समितिका सकिल अहमदले बताए । मंगलवार हुने अन्तिम लिग म्याचमा इनरुवा र भारतको सहरहसा बीच प्रतिस्पर्धा हुने आयोजक सेव सुनसरीका अध्यक्ष तजमुल मन्सुरीले बताए । यसअघिको खेलमा विजयी हुँदै भारतको बसमतिया र भिमनगर सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया