ck-rahutकाठमाडौं २४ मंसिर – डा. सिके राउतले स्वतन्त्र मधेसका नामको पर्चा उपत्यकामा गोप्य रुपमा छपाएर तराईतिर पठाउने गरेको रहस्य खुलेको छ ।महानगरीय प्रहरी परिसर ललितपुरले लगनखेलस्थित औद्योगिक क्षेत्रभित्र पर्चा छाप्दै गरेको अवस्थामा रोशन साहलाई पक्राउ गरेको हो ।

आशुतोष पिन्टर्समा प्रहरीले छापा मार्दा एक बोरा पर्चासमेत बरामद गरेको थियो । धनुषा घर भएका साहले कुनै व्यक्तिमार्फत आफूले पर्चा छाप्ने ठेक्का पाएको बताउँदै अन्य केही जानकारी नभएको बयान दिएका छन्, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया