दुहवी/सुनसरीको दुहवीमा यात्रु बसको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ। इटहरीबाट बिराटनगर तर्फ जाँदै गरेको ना ३ ख ९८६० नम्बरको बसको ठक्करबाट पैदलयात्री सुनसरीको बराह नगरपालिकाका ६५ वर्षिय डेगराज रिजालको ज्यान गएको हो । घाइते रिजालको बिराटनगर स्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । यात्रु बसले पैदलयात्रीहरुलाई दुहवी ३ ट्राफिक पोष्ट नजिकै ठक्कर दिएको थियो । दुर्घटनामा परी बराह नगरपालिकाकै सन्तोष कोइराला र दुहबीका १७ वर्षिय रबिन चौधरी घाइते भएका छन् । घाइतेहरुको उपचार भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया