ranbir-deepikaकाठमाण्डौ २४ मंसिर / बलिउडमा रणवीर–दीपीकाको प्रेम प्रसंगबारे गसिप बन्न थालेको लामो समय भइसकेको छ । यी दुईको सम्बन्धबारे अनेक अड्कलबाजी मात्र गरिएका छैनन्, समय–समयमा उनीहरुले नै यस्ता अड्कललाई सहयोग गर्ने क्लु दिइरहेका छन् ।

गत साता एउटा कार्यक्रममा पनि त्यस्तै भयो । फिल्म तामासा रिलिज भएपछिको एउटा अवार्ड वितरण समारोहमा दीपीकाले अवार्ड पाइन् । तर, घरायसी कारण उनी त्यो कार्यक्रममा उपस्थित थिइनन् । उनलाई नदेखेपछि कार्यक्रम सञ्चालक आलियाले भनिन्, ‘यहाँ दीपीकाको सबैभन्दा नजिकको को छ ? उसैले अवार्ड थाप्दा हुन्छ ।

आलियाले यो वाक्य टुंग्याएकी मात्र के थिइन् अवार्ड थाप्न मञ्चमा देखिए रणवीर सिंह । उनलाई मञ्चमा देखेपछि हलमा ठूलो हल्ला भयो । तर, रणवीरले सबैलाई आश्चर्यमा पार्दै दीपीकाको तर्फबाट थ्यांक यु स्पिच दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया