१ फागुन, मिकाइल आलम भाणटावारी । सुनसरीको कोशी गाउँपालीका स्थित भाणटावारीमा जारी दुई देशिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।

मंगलवार भारतको सहरसाले इनरुवालाई पराजित गरेसंगै तेस्रो दुई देशिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो । प्रतियोगिताको अन्तिम लिग म्याचमा सहरसाले दिएको १ सय २४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको इनरुवा १२ औं ओभरमा ६ विकेट गुमाएर ७६ रन बनाएर खेलिरहेको अवस्थामा इनरुवाका ब्याट्सम्यान लेग बिफोर आउट भएपछि अम्पायरको निर्णयमा असहमति जनाउदै इनरुवाका खेलाडी मैदान छाडेका थिए ।

इनरुवाका खेलाडीले खेल छाडेर मैदान बाट बाहिरीपछि आयोजकले पटक पटक खेल्न आग्रह गरेपनि हारको संघारमा पुगेको इनरुवा खेल्न नमानेपछि आयोजकले सहरसा लाई विजयी घोषणा गरेको थियो । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा शनिबार भाणटावारीले भारत बसमतियाको सामाना गर्नेछ भने दोस्रो सेमिफाइनल खेलमा आइतबार दुई भारतीय टिम सहरसा र भिमनगर बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । सेव द सुनसरीको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल आगामी सोमबार हुने आयोजक समितिका अध्यक्ष तजमुल मन्सुरीले बताएका छन् ।

तपाईको प्रतिक्रिया