Rajya-Sava-Indiaकाठमाण्डौ २४ मंसिर / भारतको राज्यसभामा सोमबारको बहस प्रभावित पार्न र नाकाबन्दीको स्वामित्व मधेसीकै स्थापित गर्न सरकारी समन्वयमा विपक्षी सांसदहरूसँग आइतबार र सोमबार बिहानसम्म मधेसी माेर्चाका नेताहरू दिल्लीमा दौडधुपमा व्यस्त रहे ।

सांसदहरू शरद यादव, करण सिंह, डिपी त्रिपाठी, सीताराम येँचुरी, पवन बर्मा, आनन्द शर्मा, केसी त्यागीलगायत सांसदहरूलाई भेटेर उनीहरूले नाकाबन्दी आफूहरूले गराएको, तर बदनामी भारतको भएको बताएका थिए ।

मधेसी नेताहरूको प्रतिक्रियामा विपक्षी सांसदहरू पनि सन्तुष्ट थिएनन् । विपक्षी सांसदहरूले भारतीय नाकाबन्दीको चर्को विरोध गरे । कांग्रेसका मणिशंकर ऐयरले भने, ‘नाकाबन्दी भारतले होइन मोदी सरकारले गरेको हो ।’ विदेशमन्त्री स्वराजले रक्षात्मक जवाफ दिनुपर्ने अवस्था भयो । अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया