ganja
फाइल फोटो

मंसिर २४ सप्तरी।मंगलबार राति प्रहरी र गाजा तस्करबीच सप्तरीको टिकुलिया ८ स्थित बलान खोलामा दोहरो गोली हानाहान भएको छ ।

गाजा लिएर तस्करी गरीरहेको अवस्थामा प्रहरी र गाजा तस्करीबिच दोहोरो गोली हानाहान भएको हो ।सोही क्रममा तस्करहरुले छाडेको करिब ४० किलो गाजा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र अस्थाई प्रहरी पोष्ट ठाडी सिरहाबाट गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीमाथि करिब ६।७ जनाको समूहमा रहेका गाजा तस्करहरुले फायर गरेपछि दोहोरो गोली हानाहान भएको थियो ।

तस्करहरुले गाजाका बोरा फ्याँकेर फरार भएकाले तस्करहरुलाई नियन्त्रणमा लिन नसकेको प्रहरीले जनाएको छ । यता बरामद भएको गाँजा हाल आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।

तपाईको प्रतिक्रिया