bala chaturdasi

मंसिर २४ काठमाडौ । दिवङ्गत परिवारका सदस्यहरुको सद्गतिको कामना गर्दै आज बिहानै पशुपति क्षेत्रको मृगस्थलीमा सद्बिज छरी बालाचर्तुदशी पर्व मनाइएको छ ।सद्बिज छर्न श्रद्धालु भक्तजनको बुधबार राति नै पशुपति क्षेत्रमा भीड लागेको थियो । सद्बिजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबीज छर्ने परम्परा छ ।आजका दिन मृगस्थलीमा सद्बिज छर्नाले दिवङ्गत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।

परिवारका दिवङ्गत सदस्यको सद्गतिको कामनाका साथ मार्ग कृष्ण त्रयोदशीका दिन राति नै पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनले दीपदान गरेका छन् ।धैरै भक्तजन दीपदान गरी रातभर पशुपतिनाथ मन्दिर परिसरमा नै सद्बिज छर्न जागराम बसेको थिए ।

गत वैशाख १२ गतेको भूकम्पले पशुपति क्षेत्रका सम्पदा र सत्तल जीर्ण रहेकाले यस वर्ष जाग्राम बस्ने भक्तजनलाई चौरमा टेन्ट उपलब्ध गराइदिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले बताए ।यस वर्ष भूकम्पबाट दिवङ्गत भएको परिवारका सदस्यको आत्माको चिरशान्तिका कामना गर्दै दीपदान गर्न र सद्बिज छर्न पुशपति क्षेत्रमा भक्तजनको भीडा लागेको छ ।आज नुवाकोट, म्याग्दीलगायत देशका अन्य शक्तिपीठहरुमा पनि सद्बिज छरेर बालाचतुर्दशी पर्व मनाउँदै छन् ।

 

तपाईको प्रतिक्रिया