३ फाल्गुन, मोरङ। मोरङको कटहरी गाउँपालिका ६ बाट नेपाल विधुत प्राधिकरण र प्रहरीको सँयुक्त टोलीले बुधबार राती बिधुत चोरीमा संलग्न आठ जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा कटहरी ६ बस्ने बर्ष २५ को जितेन सरदार,बर्ष ३५ को आनन्द सरदार, बर्ष १९ को दिलिप राजबशी, बर्ष ३५ को नितिलाल राजबंशी,बर्ष ५० को जित नारायण सरदार, बर्ष ६० को पहाडी सरदार, बर्ष ५२ को महेन्द्र सरदार र बर्ष २३ को धर्मेन्द्र सरदार रहेका छन।

विधुत चुहावट नियन्त्रण अभियान अन्तरगत प्राधिकरण विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट राती ११ बजे निस्किएको सँयुक्त टोलीले उनीहरुलाई हुकिङ गरी विधुत चोरी गरेर लगेको अवस्थामा फेला पारेको हो। सबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखीएको छ।

तपाईको प्रतिक्रिया