३ फागुन, काठमाडौं। वाम गठबन्धनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकार गठनका लागि दावी प्रस्तुत गर्दैछन् ।वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले ‘सरकार गठनका लागि वाम गठबन्धनको बहुमत पुग्ने जानकारी दिन राष्ट्रपतिलाई भेट्न लागिएको’ बताए ।दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा वामपन्थी गठवन्धनको करिब दुई तिहाइ संख्या छ ।

बुधबार नै राष्ट्रपतिलाई भेटेर वाम गठबन्धनले सरकार गठनमा बहुमत दावी गर्ने तयारी थियो । तर, निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन परिणाम बुझाउन ढिला गरेकाले भेटवार्ता बिहीबार मात्र तय भएको हो ।वाम गठबन्धनको दावीपछि राष्ट्रपतिले बिहीबारै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेको स्रोतले बतायो । ओली यसअघि ०७२ असोज २४ गते पनि प्रधानमन्त्री बनेका थिए ।झण्डै नौ महिने कार्यकाल पूरा गरी कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार नै पदबाट राजीनामा दिँदैछन् ।

तपाईको प्रतिक्रिया