इटहरी। प्रदुसित धाराको पानीका कारण सुनसरीको इटहरीमा झाडापखाला जन्य विरामीहरुको संख्यामा बढि रहेको छ । इटहरीको मुख्य बजार क्षेत्र भन्दा पुर्व तर्फ रहेको टेग्रां खोला क्षेत्रबाट खानेपानीको पाइपमा ढलको फोहोर मिसिदा धाराको पानी पिउनेहरु विरामी पर्न थालेका हुन । चार दिन अघि टेग्रां खोलामा पौदल यात्रीका लागि निर्माण भई रहेको पुल निर्माणका क्रममा खानेपानीको पाइप काटिएर ढलको फोहोर खानेपानीमा मिसिएर उपभोक्ताहरुमा पुग्दा सो पानी पिउनेहरु विरामी परेका हुन ।

पाइप काटिएपछि सो पाइपबाट फोहोर पानी उपभोक्ताकोमा पुग्ने र त्यसले स्वास्थ्य सम्वन्धि समस्या ल्याउने तर्फ इटहरी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले ध्यान दिन नसक्दा उपभोक्ताहरुमा झाडापखलाको समस्या देखिएको हो । फोहोर मिश्रीत पानी वितरण भएसंगै इटहरीमा झाडापखलाका विरामीहरुको संख्या वढेको पाइन्छन ।

केही दिन यता देखि स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आउने विरामीहरु मध्ये २० देखि ३० प्रतिशत झाडापखलाका विरामीहरु आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र इटहरीकी चिकित्सक रोनी यादव वताउछिन । निर्माण कार्य भई रहेको स्थानमा खानेपानीको पाइप फुटेपछि खोलाबाट ढल मिसिएको पानी उपभोक्तामा पुगेको स्थानीयवासीहरु वताउछन । दुसित पानीका कारण इटहरीको बजार क्षेत्र वडा ४, ६ , ८ र ९ का उपभोक्ताहरु पिडित वन्न पुगेका छन ।

तपाईको प्रतिक्रिया