३ फागुन, ताप्लेजुङ। पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा सामान्य वर्षा सँगै हिमपात भएको छ । हिजो दिउँसो पानी परेसँगै हिमपात भएको हो ।उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याव्ला, फले लगायतका वस्तीमा बाक्लो हिमपात भएको छ भने प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हिउँ परेको छ ।

उता, तेह्रथुममा वर्षा र हिमपातसँगै चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । बुधबारको वर्षासँगै भएको हिमपातले तीनजुरे मिल्के जलजले क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका छन् । यो क्षेत्रमा वर्षासँगै यस वर्षकै सर्वाधिक हिमपात भएको छ । तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्के लगायत क्षेत्र हिउँले ढाकेको छ ।

तपाईको प्रतिक्रिया