४ फाल्गुन, ओखलढुङा। जिल्लाको रुपाकोट-मझुवागढी नगरपालिका ४ बस्ने ५२ वर्षीय राम प्रसाद आचार्यको बिहिबार भिरबाट खसेर मृत्यु भएको छ। घर नजिकै घाँस काट्न गएका आचार्यको घर देखी करिब एक किलोमिटर पर रहेको कर्केनीको जंगलमा भिरबाट खसेर मृत्यु भएको हो। दिउँसो २ बजेतिर जंगलतिर निस्केका आचार्य साँझसम्म घर नफर्केपछि खोजी गर्दै जाँदा राती ८ बजे उनको शव भेटिएको भनि टेलिफोनमार्फत जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी खानीडाँडा र जिल्ला प्रहरी कार्यालय ओखलढुङाबाट टोली खटि गई प्रारम्भिक कानुनी प्रकृया सम्पन्न गरी अनुसन्धान कार्य भई रहेको छ।

तपाईको प्रतिक्रिया