४ फाल्गुन, झापा। झापाको बुद्धशान्ति गाउँपालिकाबाट प्रहरीले बिहिबार घरेलु मदिरा बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले दिउँसो २ बजे बुद्धशान्ति गाउँपालिका ४ मेची राजमार्गमा सवारी चेकिङ गर्ने क्रममा चारआलीबाट इलामतर्फ जादै गरेको मे १ ज ५२२ नम्बरको सफारी ट्याक्सीबाट अन्दाजी तीन सय पचास किलो मदिरा बनाउन प्रयोग हुने मर्चा फेला परेकोले मर्चासहित सोही गाउँपालिका १० बस्ने चन्द्र कुमार चेम्जोङलाई नियन्त्रणमा लिएको छ।

यता ईलाका प्रहरी कार्यालय काकडभिट्टाको टोलीले अपरान्ह ३ बजे मेचीनगरपालिका ६ बाट भन्सार छली गरेर भारतबाट ल्याउँदै गरेको करिब १६ हजार रुपैया बराबरको सामान बरामद गरेको छ। बरामद सामानहरुमा एक सय किलो नुन, भुजिया, बिस्कुट, तेल, पास्ता र लेडिज कुर्ता रहेका छन। उक्त सामान आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालयमा राखिएको छ।

तपाईको प्रतिक्रिया