ambulance hastantaran

राजकुमार पासवान

कञ्चनपुर(सप्तरी) २४ मंसिर ।

 

एम्बुलेन्समा विरामी सेवा हाईन, डिजल सेवा

डिजल नष्ट सुरक्षित साथ मोर्चाद्धारा एम्बुलेन्स एसोसिएसनलाई हस्तारण

एम्बुलेन्स आज भोली मान्छे ओसार पोसार,डिजल तथा पेट्रोल आवत जावत गर्ने काम गर्दै छ । विरामीलाई सेवा दिने हो की डिजल र पेट्रोललाई अनि मधेशी मोर्चाका कार्यक्रयताहरु एम्बुलेन्स तोडफोड र जलाउने काम गर्दछ । सो कुरालाई नेपाली मिडियाले संयुक्त राष्ट्र संघका महासचिव वान कि मुन सम्म पुर्याउदछ ।

किन शान्तिपुर्ण आन्दोलन गर्ने मधेशी मोर्चा कार्यक्रताहरुलाई छाती र टाउकोमा ताकी ताकी गोली र मधेशी युवा दिनहुँ घाइते हुनु परेको छ । खोई संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले एक शब्द समेत बोल्दैंन ।  सप्तरीको भारदह र रुपनीमा पछिल्लो पटक मंसिर ५ गते शनिवार तथा ६ गते आईतवार राजविराजमा चार जना मधेशी युवा मधेश अधिकारका लागी सहिद भए ।

तर पनि सप्तरीको मधेशी मोर्चामा पनि मानवता छ । सप्तरीको कञ्चनरुप नगरपालिका ५ स्थित कञ्चनपुर बेरियरमा शनिवार राती संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा कञ्चनपुरले ज.१ च. ७९० नम्बरको एम्बुलेन्सलाई खानतलासी गर्दा विरामी नभई ५ सय लिटर डिजल फेला परेको थियो ।

तिहार तथा छठ पर्व पछि राजमार्ग केन्द्रित आन्दोलन सशक्त बनाउने निर्णय अनुसार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरी कञ्चनपुरले शनिवार ५ गते सप्तरीको कञ्चनरुप नगरपालिका ५ स्थित कञ्चनपुर बेरियर लोकराज मार्गमा कडाई गरेका थिए । सो क्रममा एम्बलेन्स चालक मजदुर संगठन नेपाल, हरिवन ११ सर्लाहीद्धारा सञ्चालित ज.१ च. ७९० नम्बरको एम्बुलेन्स कांकडभिट्ठा बाट अन्दाजी ५ सय लिटर डिजल कालोबजारी गर्ने उदेश्यले सर्लाही तर्फ जादैं गरेको आबस्थामा मोर्चाका कार्यक्रताहरुले कञ्चनपुर बेरियरमा नियन्त्रणमा लिई सो डिजल नष्ट गरि एम्बुलेन्स नियन्त्रणमा लिई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरी कञ्चनपुरले मंगलवार पत्रकार सम्मेलन गरेर ईलाका प्रशासन कार्यालय कञ्चनपुर, नेपाल रेडक्रस सोसाईटी, बुद्धिजिवी तथा सञ्चारकर्मीको रोहवरमा एम्बुलेन्सका चालक निर्जल मैनाली र एम्बुलेन्स एसोसिएसन नेपालका केन्द्रिय उपाध्यक्ष ढुण्डीराज मैनाली लाई सो एम्बुलेन्सलाई सुरक्षित साथ मोर्चाले हस्तारण गरेका छन ।

diesel kanchanpur

यता सुरक्ष्ति साथ एम्बुलेन्स हस्तारण गर्नु भएकोमा ईलाका प्रशासन कार्यालय कञ्चनपुरका शाखा प्रमुख मान बहादुर राईले मधेशी मोर्चा कञ्चनुरलाई धन्यवाद दिएका छन । अर्को मोर्चा अध्यक्ष अनोज यादवले अब कुनै एम्बुलेन्स विरामीको ठाउँमा डिजल र पेट्रोल ओसार पोसार नगर्न आग्रह गरेका छन । एम्बुलेन्स एसोसिएसन नेपालका केन्द्रिय उपाध्यक्ष ढुण्डीराज मैनालीले काठमाण्डौंबाट कांकडभिट्ठाका लागी शव पठाईएको थियो । तर चालकले कसरी र किन डिजल एम्बुलेन्समा लिईयो मलाई थाहा भएन । यस्तो गर्नु हुदैं भन्दै क्षमा मागेको थियो । एक अर्को प्रसङ्गमा एसोसिएसन नेपालका केन्द्रिय उपाध्यक्ष मैनालीले हाम्रो एम्बुलेन्सलाई सुरक्षित साथ हस्तारण गरेकोमा सम्पुर्ण एम्बुलेन्स एसोसिएसनको तर्फबाट धन्यवाद दिएका छन ।

तपाईको प्रतिक्रिया