इनरुवा फागुन ४ /उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल निकट संघीय शिक्षक फोरम इनरुवा नगरको अध्यक्षमा राजाजी रामजी महतोदास माबिका शिक्षक गुणेश्वर मेहता चयन भएका छन् । इनरुवामा सम्पन्न पहिलो अधिवेशनले शिक्षक फोरम नेपालको इनरुवा अध्यक्षमा गुणेश्वर मेहतालाई चयन गरेको हो । मेहताको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति समेत चयन भएको छ । नयाँ नगर कार्य समितिको सह अध्यक्षमा खेमनारायण चौधरी, सचिव बिनयकुमार झा, अर्थसचिव नुतनकुमारी मेहता र सह सचिवमा रञ्जु चौधरी रहेका छन् ।

त्यसैगरी नगर कार्य समितिको सदस्यहरुमा पञ्चदेव मेहता र रामरुप मेहता चयन भएको शिक्षक रामकुमार मेहताले जानकारी दिए ।अधिवेशनले संघीय शिक्षक फोरम सुनसरीका जिल्ला अध्यक्ष उपेन्द्र यादव सहित शिक्षकहरु सुमन मेहता, प्रकाशकुमार कायश्थ, तेजनारायण यादव र अनिरुद्रप्रसाद यादवलाई नगर सल्लाहकारमा नियुक्त गरेको छ । अध्यक्षको जिम्मेबारी सम्हालेका मेहताले संगठनको मजबुतिकालागि सदैव कटिवद्ध रहने प्रतिवद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया