- दिपेन्द्र यदव

४ फागुन, इनरुवा। सुनसरीको सिमावर्ती क्षेत्र भुटाहामा प्रहरीको नियमित गस्तिका कारण चोर र तस्कर पलायन हुदैँ गएको छ । केही महिना यता हरिनगरा गापा भुटाहामा रहेको प्रहरी चौकीले थालेको नियमित गस्तिका कारण भारतीय बजारबाट नेपाली बजारमा चोरी र तस्करी गरी ल्याएको खाद्ययान्न र लत्ताकपडा बजारमा ल्याउँन नसकेको कारण चोर र तस्करहरु हैरान भएको समाचार स्रोतले बताएको छ ।

त्यस्तै यता भारत बिहार राज्यको घुर्णा, बसमतिया बजारमा सस्तो मूल्यमा खाद्ययान्न तथा लत्ताकपडा खरिद गरी नेपाली बजारमा महगोँ मूल्यमा बेच्दैँ आएपनि अहिले भुटाहामा चोरी र तस्करीको सामान कम हुन थालेको हरिनगरा वाडा नं. १ का वडाध्यक्ष लतिव अंसारीले बताए । वडाध्यक्ष अंसारीले बताएअनुसार भुटाहाका असइ यादवले आफ्नो सिमा क्षेत्रमा सकृयता बढाएपछि चोर र तस्करहरु पलायन भएका छन् ।चोर र तस्कर पलायन भएपनि ग्रामिण क्षेत्रमा चोरीको घट्ना बढन थालेको छ ।

भुटाहामा चोरीको घटना बढ्न थालेपछि प्रहरी चौकी भुटाहाले चोरलाई समात्न सादा पोशाकधारी प्रहरीलाई परिचालन गरिएको बताएको छ । भुटाहामा प्रायजसो साँझ तथा रातमा चोरी भएको धनमाल केही रकम फिरौती लिएर फिर्ता दिने गरेको समस्याका कारण चोरलाई समात्न कठिन हुने गरेको असई यादवले बताएको छ ।

भुटाहाका अधिकांश सर्वसाधारणको समबन्ध सिमावर्ती क्षेत्रमा भएका कारण चोरहरु सजिलै नेपाल आउँने र राती धनमाल चोरी गरेर लाने र केही रकम फिरौती लिएर धनमाल फिर्ता गर्ने गरेको थियो । भारतीय बजारबाट तस्करी गरी नेपाल ल्याउँने तस्करहरु एक महिना भित्र सत प्रतिशत पलायन हुने दाबी असई यादवले गरेका छन् ।

तपाईको प्रतिक्रिया