फागुन ५ इनरुवा /सुनसरी सदरमुकाम इनरुवामा प्रथम मेयर कप भलिबल प्रतियोगिता हुने भएको छ । इनरुवा नगरपालिका कार्यालयको प्रायोजनमा शान्तिदीप नेपाल सुनसरीले फागुन ७ गतेबाट प्रतियोगिता आयोजना गर्न लागेको हो । नगरपालिकाकै ठूलो पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले नगर ७० हजार सहित शिल्ड पाउने छ भने दोस्रो हुने टिमले ३५ हजार सहित शिल्ड प्राप्त गर्ने छ । प्रतियोगितामा आयोजक टिमका साथै इनरुवा नगरपालिका, रामधुनी, डुम्राहा, इटहरी, सुनसरी, मोरङ्ग, भोजपुर, सप्तरी, लहान सहित विभागिय टिमहरु नेपाल पुलिस , शशस्त्र र आर्मीले सहभागिता जनाउने शान्तिदीप इनरुवा सुनसरीका सचिव चक्र चौलागाईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया