- तेजबहादुर बन

इटहरी । जनप्रतिनिधि तथा उच्च प्रहरी अधिकृतकै दबाबमा गुपचुप राखिएकाे इटहरी बालिका बलात्कार प्रकरणमा पिडित पक्षले २५ लाख लिएकाे खुलासा भएकाे छ । केहि दिन अघि पक्राउ परेका घटनाका मुख्य अाराेपित बिराटनगरका मनिष भनिने जिवन श्रेष्ठले प्रहरी समक्ष पिडित बालिकाकाे परिवारलार्इ २५ लाख दिएर घटना गुपचुप र मिलापत्र गराइएकाे बयान दिएपछि यस्ताे खुलासा भएकाे हाे ।

गत पुस १७ गते इटहरी उपमहानगरपालिका स्थित तरहराकि १४ बर्षिया बालिकालार्इ धरानका जाेकम लिम्बु र बिराटनगरका मनिस भनिने जिवन श्रेस्ठले इटहरीकै राेयल रिसाेर्टमा सामुहिक बलात्कार गरेका थिए । घटनामा संलग्न लिम्बुलाृइ प्रहरीले मुद्धा दर्ता भएकै भाेलिपल्ट पक्राउ गरिसकेकाे छ ।  उक्त घटना मिलाउन पिडक पक्षमध्ये मनिष श्रेष्ठलेमात्रै ठुलै रकम लगानी गरेकाे प्रहरी अनुशन्धानबाट खुलेकाे छ ।

बलात्कारकाे घटना सार्वजनिक हुने डरले पिडित बालिकाकाे परिवारलार्इ रू २५ लाख दिएकाे मुख्य अाराेपित मनिषले प्रहरीले समक्ष बयान दिएका छन ।तर पिडित पक्षले भने अहिले सम्म कतैबाट  एक रूपैया पनि नपाएकाे दाबी गरिरहेकाे छ । घटना मिलापत्रमा नेपाल तरूणदल सुनसरीका सभापति सिजन गुरूङ , इटहरी उपमहानगरपालिका वाड नं २० का वडाध्यक्ष मणि श्रेष्ठ र तरूणदलकै सुनसरी उपसभापति सन्ताेष बिक लगायत अन्यकाे प्रत्यक्ष संलग्नता देखिएकाे प्रहरी श्राेतले बताएकाे छ । बलात्कार जस्ताे जघन्य अपराधलार्इ ढाकछाेप गरी मिलापत्र गराउनेमा संलग्न देखिएका तरूण दल सुनसरी सभापति गुरूङ उपसभापति बिक र वडाध्यक्ष श्रेष्ठ तिनैजना फरार रहेका छन ।

उनिहरूकाे खाेजि कार्य भइरहेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । फरार रहेकाहरू पक्राउ परे लगत्तै थप रहस्यमय कुराहरू खुल्ने प्रहरीले बताएकाे छ । पिडकले २५ लाखमा घटना मिलापत्र गरिएकाे बताएपनि पिडित पक्षले नपाएकाे भन्ने बयानलार्इ मध्य नजर गर्दा फरार रहेकाे बिचाैलियाहरूमाझ रकम घुमिरहेकाे अनुमान लगाइएकाे छ । फरार रहेका बिचाैलियाहरू उपर सार्वजनिक एेन अन्तरगत मुद्धा दर्ता गरी खाेजि कार्य तिब्र बनाइएकाे इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी सञ्ज्य राउतले बताए ।

यस अघि नै बालािका बलात्कार प्रकरणमा घटना मिलाउन दबाब दिने सुनसरीका तत्कालिन प्रहरी प्रमुख एसपी बिद्यानन्द माझी र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक चिरञ्जिवी दहाल  निलम्बनकाे सिफारिसमा परिसकेका छन । पक्राउ परेका दुवै अभियुक्तहरूलार्इ प्रहरीले नियनत्रणमा लिइ थप अनुशन्धान गरिरहेका छ ।

तपाईको प्रतिक्रिया