५ फागुन, सुनसरी। इलाका प्रहरी कार्यालय इटहरीले अटोमेटिक पेस्तोलसहित शनिबार दुई जनालाई पक्राउ गरेको छ। मेड ईन युएसए लेखिएको ९ एमएम पस्तोलसहित इटहरी उपमहानगरपालिका ५ बस्ने २२ वर्षीय यमबहादुर लिम्बु र इटहरी-७ बस्ने २१ वर्षीय रोहन बस्तेनलाई नियन्त्रणमा लिइएको हो। इटहरीस्थित टेम्पु स्टेण्डमा पेस्तोल देखाई स्थानीयलाई त्रसित बनाउदै हिड़ने गरेको भन्ने गोप्य सुचनाको आधारमा अपरान्ह  इटहरी ५ जनता वास्तीबाट उनीहरुलाई नियन्त्रणमा लिईएको र दुबैजना विरुद्ध हातहतियार खरखजाना अन्तरगत मुद्दा चलाईने इलाका प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया