- राजकुमार पासवान

६ फागुन, कञ्चनपुर। गत मंगलवार हात्तीको आक्रमणबाट सप्तरीको कञ्चनरुप न.पा. ५ स्थित पथरीमा दुई जना महिलाको मृत्यु भएको मृत्क परिवारलाई शनिवार राहत वितरण गरिएको छ । कञ्चनरुप नगरपालिकाका प्रतिस्पद्धी मेयर ललन प्रसाद गुप्ताले गत फागुन १ गते मंगलवार दाउरा काट्न कोशी टप्पु वन्यजन्तु आरक्षभित्र जाँदै गर्दा आत्तीको आक्रमणबाट वडा नम्वर–५ पथरीका नारायण साहकी ३५ वर्षिय पत्नी मञ्जुदेवी साह र टिरहा मुखियाकी ४५ वर्षिया पत्नी दुर्गीदेवी मुखियाको मृत्यु भएको थियो । मृत्क मुखिया र साहका प्रति परिवारलाई चामल ५० केजी प्याकेट,भुजा ५ केजी,एक थान कम्बर,बिस्कुट र फलफुल वितरण गरिएको छ ।

कञ्चनरुप नगरपालिकाका प्रतिस्पद्धी गुप्ताले भने हाति आक्रमणबाट मृत्यु भएको पाचँ दिन वित्न लाग्दा अहिले सम्म कुनै निकायले राहत नदिएको बताउदै दुःख व्यक्त गरिएको छ । देवी प्रकोप सम्बन्धी सरोकार राख्ने कञ्चनरुप नगरपालिका तथा रेडक्रस सोसाईटी समेतले कुनै राहत नदिएको प्रति स्थानीयबासीले समेत दुःख प्रकट गरिएको छ ।

तपाईको प्रतिक्रिया