ओश्लो, २४ मंसिर-विश्वको एक प्रसिद्ध र प्रतिष्ठित मानिएको नोवेल शान्ति पुरस्कार बिहीबार नर्वेको राजधानी ओश्लोमा वितरण गरिँदै छ । ओश्लोमा सो पुरस्कार वितरणका लागि विशेष समारोहको आयोजना गरिएको छ । ट्युनिसियाका चारवटा संस्थालाई सो पुरस्कार प्रदान गरिएको घोषणा यसअघि नै भइसकेको छ । ती संस्थाले ट्युनिसियाको सङ्क्रमणकालीन राज्य व्यस्थालाई व्यवस्थित गरी प्रजातान्त्रिक शासनका रुपमा स्थापित गर्ने कार्यमा सहयोग पु¥याएका थिए । उनीहरुको यो प्रयासको अनुशरण मध्यपूर्वी दुई देश सिरिया र लिबियामा पनि हुन सक्ने अपेक्षाका साथ ती संस्थालाई पुरस्कृत गरिएको बताएका थिए । सिरिया र लिबियामा पनि सन् २०११ मा ट्युनिसियामा जस्तै आन्दोलन सुरु भएको थियो । तर प्रजातान्त्रिक शासनको अवस्था यी दुई देशमा भने देखिँदैन । टुनिसियाली मानवअधिकार समूहका प्रमुख अब्देस्तर बिन मौसाले नर्वेको राजधानी ओश्लोमा भने– हतियार कहिल्यै पनि समाधान होइन र जस्तोसुकै अवस्थामा पनि वार्ताको विकल्प छैन । उक्त मानवअधिकारवादी समूह पनि नोवेल पुरस्कारबाट पु्रस्कृत हुने संस्थामध्येको एक हो । उनले भने– रगत या लडाकू यी कुनैपनि समाधानका साधन होइनन् । ओश्लोमा बिहीबार मध्यान्हमा सो पुरस्कार वितरण समारोहको आयोजना गरिएको छ । नर्वेका राजा ह्यारोल्ड तथा विश्वका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थितिमा सो पुरस्कार वितरण गरिने छ । नोवेल कमिटीले सो पुरस्कार वितवरणको कार्यक्रमको भव्य तयारी गरेको बताइएको छ । पुरस्कार ग्रहण गर्नका लागि ती चारैवटा संस्था ओश्लो पुगेका छन् । तीन महिना अगावै घोषणा गरिने सो पुरस्कारको वितरण हरेक वर्ष विश्व मानवअधिकार दिवस, डिसेम्बर १० का दिन, अर्थात आजै वितरण गर्ने गरिन्छ ।काठमांडुटुडेबाट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
उपचारका क्रममा कुवेतका राजा शेख शबाजको निधन
कुवेत / कुवेतका राजा शेख शबाह अल अहमदको निधन भएको छ। ९१ वर्षीय शबाहको उपचारका क्रममा अमेरिकाको अस्पतालमा निधन भएको अन्तर...
बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ
बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले पक्राउ गरेको छ। न्युज एजेन्सी एएनआईले नार्कोटिक्...
‘नक्कली सगरमाथा आरोही’ लाई प्रतिष्ठित पुरस्कार
नयाँदिल्ली। भारत सरकारले पर्वतारोहणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनेहरूका लागि दिँदै आएको प्रतिष्ठित ते...
एयर इन्डिया एक्सप्रेसको विमान केरलको कोजिकोडमा दुर्घटना
एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको छ। विमानमा चालक दलका सदस्यसहित १९१ जना यात...
जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले जारी गऱ्यो नयाँ नक्सा
इस्लामाबाद । पाकिस्तानले जम्मू कश्मीर, लद्दाख र जूनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । मंगलबार पाकिस्तानी म...
महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु पुनः सञ्चालनमा
कोरोनाको त्रासका कारण महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु फेरि खुल्न थालेका छन्। सोमबार चलचित्र हेर्नका लागि धेरैले...