काठमाडौं / त्रिभुवन विश्वविद्यालय ले एउटै सेमेस्टरमा फरक फरक शुल्क लिएको पाइएको छ । स्नातरकोत्तर तहमा विज्ञान विषयका लागि प्रथम सेमेस्टरमा ४० शजार रुपैयाँ तोकिएको छ । सो रकम एकमुष्ठ भर्ना हुँदा नै बुझाउनुपर्ने प्रावधान छ ।

विश्वविद्यालयमा एमएड दोस्रो सेमेस्टरमा ७ हजार ८ सय ५० शुल्क तोकिएको छ । तर, अन्य क्याम्पसमा १० हजार ९ सय लिएको खुल्न आएको छ । यस बर्षदेखि विश्वविद्यालयले सबै क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेको छ । सेमेस्टर प्रणाली लागू हुँदा पैसा तिर्न नसक्ने विद्यार्थी पढ्ने कि नपढ्ने भनेर अन्योल भएको एक विद्यार्थीले बताए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया