taliwan-affaganistanअफगानिस्तान, २४ मंसिर-अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा अवस्थित कान्दाहार विमानस्थलमा अफगान सशस्त्र आतङ्ककारी तालिवानले गरेको आक्रमणपछि सो क्षत्रेमा अफगान सेनाले विशेष खोजी अभियान थालेको समाचार छ ।यद्यपि अफगानिस्तानमा त्यहाँको सेना र प्रहरीले खोजीलाई व्यापकता दिँदै आएको हो । तर बुधबारको यस आक्रमणपछि सो खोजीलाई झनै व्यापक बनाएको बताइएको छ ।

कान्दाहार विमानस्थललाई लक्ष्य गरेर गरिएको अभियानका क्रममा बिहीबार बिहान केही लडाकू मारिएका रक्षामन्त्रालय स्रोतले जनाएको छ ।तर के कति सङ्ख्यामा उनीहरु मारिएका हुन् भन्ने बारेमा भने केही बताइएको छैन । सो परिसरमा तालिवान आतङ्ककारीले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको बुधबार प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

कान्दाहार प्रान्तका सैनिक कमान्डर दउद साह वफादारले बुधबारको सो आक्रमणमा ३७ व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् ।तालिवान लडाकुले विमानस्थल परिसरमा धावा बोल्न थालेपछि यहाँको सेनाले जवाफी कारबाही चलाएको सुरक्षा स्रोतले जनाएको छ । मारिनेमा तालिवान लडाकू धेरै परेका छन् ।

बुधबार बिहान भएको यस आक्रमणमा कैयौँको सङ्ख्यामा आतङ्ककारी मारिएको सरकारी दाबी रहेको छ । आक्रमण भएको सो इलाका नेटो शिविरसँग जोडिएको बताइएको छ ।अफगान राष्ट्रपति असरफ घानी क्षेत्रीय सम्मेलनमा भाग लिनका लागि पाकिस्तान पुग्नुभएकै दिन बुधबार यो आक्रमण भएकोे छ । यस विमानस्थलमा उनीहरुले यसअघि पनि बारम्बार हमला गर्ने गरेका हुन् ।काठमांडुटुडेबाट

 

तपाईको प्रतिक्रिया