shakti-basnet-pokhara२४ मंसिर, पोखरा। क्रान्तिकारी पत्रकार संघ कास्कीले विहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा गृहमन्त्री शक्ति बहादुर बस्नेतले मधेसमा आन्दोलन र नाकाबन्दीले समस्या पारेपनि देशको परिस्थिति सरकारको नियन्त्रणमा नै रहेको दाबी गर्नुभएको हो ।

गृहमन्त्री बस्नेतले जनताको आकांक्षा र आत्म सम्मानमा आँचन आउने गरी मधेस आन्दोलनको समाधान खोजिने बताउनुभयो ।उहाँले मधेसको समस्या समाधानगर्ने बल अब सरकारको नभई मधेसी दलको कोर्टमा पुगेको बताउनुभयो । उहाँले तराई मधेसको समस्या समाधानगर्दा हिमाल र पहाडलाई चिढ्याउन नहुने बताउनुभयो ।गृहमन्त्री बस्नेतले आन्दोलनका नाममा सडक अबरुद्ध गर्न नदिने पनि स्पष्ट पार्नुभयो । गृहमन्त्री बस्नेतले आन्दोलनकारीले नभई छिमेकी राष्ट्रले नै नाकाबन्दी गरेको घुमाउरो पारामा संकेत गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया