- मिकाइल आलम

८ फागुन, भाणटावारी । सुनसरीको भाणटावारीमा सम्पन्न तेस्रो टि२० क्रिकेट प्रतियोगिताको उपाधी सहरसाले जितेको छ । सोमबार भाणटावारी बी लाई ३ विकेटले हराउँदै सहरसाले उपाधी हात पारेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भाणटावारी बी ले दिएको १ सय ३२ रनको चुनौती सहरसाले १८ औं ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो । ६८ औं प्रजातन्त्र दिवसको अवसरमा कोशी गाउँपालीको सहयोगमा सेव द सुनसरीद्वारा आयोजित फाइनल खेलका विजेता लाई प्रतियोगिताका प्रमुख अतिथि कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले पुरस्कार वितरण गरेका थिए भने उपविजेता टिमलाई कोशी गाउँपालीका वडा नम्बर ५ का अध्यक्ष साजमालले ट्रफी वितरण गरेका थिए ।

सो अवसरमा कोशी गाउँपालीकाका उपाध्यक्ष अनिता देवी यादव,प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार साह,नासु बिनोद मिश्र,हजरत अन्सारी,मन्जुर आलम,कोशी गाउँपालीका वडा नम्बर ८ का अध्यक्ष विन्देश्वर यादव,सदस्य शनिचर यादव,श्री आधारभूत बिद्यालय भाणटावारीका प्रअ मोहित नारायण मण्डल,व्यवस्थापन समितिका अध्यक्ष उमेश यादव,बिओपी श्रीपुरका प्रमुख शंकर थापा,बिओपी लौकहीका प्रमुख राजेश श्रेष्ठ,स्थानीय शमसाद आलम,लक्ष्मी यादव,जगदीश कामैत,सत्रुघन चौधरी,एजुल मिया,कमरुद्दिन मिया लगायतको उपस्तिथि रहेको थियो ।

उपाधीसंगै सहरसाले ट्रफीका साथै नगद ३० हजार हात पारेको छ भने उपविजेता भाणटावारी बी ले १५ हजारमा चित बुझाएको छ । नेपाल र भारत बीच आपसी भाइचारा बढाउने उद्देश्यले आयोजना गरिएको सो क्रिकेट प्रतियोगितामा नेपाल र भारतका गरि ८ वटा टोलि सहभागिता रहेको थियो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले आफू खेलकुदको विकास र विस्तारका लागि सदा कृयाशिल रहेको बताए । सो कार्यक्रम सेव द सुनसरीका अध्यक्ष तजमुल मन्सुरीको अध्यक्षता सम्पन्न भएको थियो । फाइनल खेलअघि उराँव जातीको सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया