ramchandra-poudel

२४ मंसिर, पोखरा। नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र समानुपातिक प्रतिनिधित्व बारे फ्नो दलले अघि सारेको प्रस्तावले नै मधेसकामागको सम्बोधनहुने बताउनु भएको छ ।‘कस्तो बन्यो संविधान, एकताको अभियान’कार्यक्रम लिएर पोखरा आउनु भएका पौडेलले पार्टीको चिप्लेढुंगास्थित कास्की जिल्ला कार्यालयमा सो कुरा बताउनु भएको हो । कांग्रेसले संविधान संशोधनका लागि अघि सारेको प्रस्तावले मधेसको मागलाई सम्बोधनगर्ने बताउदै पौडेलले केही मधेसवादी नेतासँगको कुरा गराइमा यसबारे आफ्नो छलफल पनि भएको बताउनुभयो ।मधेसले उठाएका जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको प्रस्तावमा आँफूहरू सकारात्मक भएको उहाँको भनाई छ । मधेसवादी र दक्षिणी छिमेकी केही असन्तुष्टि हुँदा हुँदै पनि संविधान जारी गर्नु समय सापेक्ष भएको उहाँको दावी थियो । संविधान समावेसी र नागरिकको हैसियत संरक्षण गर्ने बनेको बताउनुभयो ।मधेसका जनताको जनमत मधेसमै गएर बुझ्नु पर्नेमा त्यसो हुन नसकेको उहाँले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया