काठमाडौँ । सर्वोच्च अदालतमा जवाफ दिन पुगेका डा. गोविन्द केसीको समर्थन गर्दै प्रदर्शनमा उत्रिएका विवेकशील साझा पार्टीका १४ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विवेकशील साझा पार्टीकी नेत्री रञ्जु दर्शनासहित १४ जनालाई प्रहरीले मंगलबार दिउसो बबरमहलबाट नियन्त्रणमा लिएको हो ।

प्रधान न्यायाधीशविरुद्ध जथाभावी बोलेको भन्दै उनीहरुलाई जिल्ला प्रशासन कार्यालय अगाडिबाट पक्राउ गरी सिंहदरबार वृतमा पुर्‍याइएको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीको किर्ते नागरिकता खारेजको माग गर्दै उनीहरुले यसअघिदेखि नै आन्दोलन गर्दैआएका थिए । मंगलबार डा. केसी सर्वोच्चमा वयान दिने क्रममा उनको समर्थनमा प्रदर्शन गरिरहँदा प्रहरीले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया