काठमाडाैं । डाक्टर गोविन्द केसी स्वयमाथि नैतिकताको प्रश्न उठेको छ । डा. केसीको सामाजिक सञ्जालमा अहिले उनको फरक–फरक जन्ममितिलाई लिएर निकै बहस भैरहेको छ ।डाक्टर केसीको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २०१३ माघ २४ उल्लेख गरिएको छ तर उपप्रध्यापक रहँदा सहप्रध्यापकमा बढुवाका लागि केसीले भरेको आवेदन फारममा जन्ममिति २०१३ मंसिर २७ उल्लेख गरिएको छ, त्यस्तै प्रध्यापक बढुवाका लागि उनले पेश गरेको आवेदन फारममा भने २०१३ असोज २७गते उल्लेख गरिएका कागजात सामाजिक सञ्जालमा देखिएका छन् ।

यसको स्वतन्त्र पुष्टी भने हुन बाँकी छ । ‘केसीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो नागरिकताको प्रमाणपत्र समेत पेश नगरेको बुझिएको छ । उनले अनिवार्य रुपमा भर्नुपर्ने सिटरोल नभरेको र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत पेश नगरेकोले थप उाी माथि नै शंकाको रुप जन्माएको छ ।’

नैतिकताको प्रश्न उठाएर अरुमाथि औला उठाउने डाक्टर गोविन्द केसीकै नैतिक धरातल यति कमजोर किन भन्ने संचारकर्मीको प्रश्नमा डाक्टर केसीका सहयोगी सुमन आचार्यले भने– ‘तपाईंले भनेको कुरा सहि हो, यस्ता कुरा आएका छन् तर यसको पुष्टी नभई हामीले केही भन्न मिल्दैन ।’ उनले थपे– ‘अहिलेसम्म हामीले उठाएका कुराहरु सबै ठीक छन्, जसमा मिडियाले पनि साथ दियो । यस विषयमा पनि कुरा के हो भन्ने तपाईंहरुले खोजी हाल्नु हुन्छ ।’

अब डाक्टर केसीले के गर्नु हुन्छ ? भन्ने प्रश्नमा उनले भने– ‘यस विषयमा डाक्टर साहाबसँग कुरा भैसकेको छैन । तर उहाँले केही गर्नु हुन्छ होला ।’ डाक्टर गोविन्द केसीको १४औँ पटकको आमरण अनसन सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली प्रति लक्षित रहेको थियो ।

घटना र विचार साप्ताहिकको अनलाइन संस्करणमा लेखिएको छ-केसीको आन्दोलनलाई नजिकदेखि नियाल्दै आएकाहरुको विचारमा भने केसीको आन्दोलन पूर्व प्रधानन्यायाधिस सुशिला कार्कीको निर्णयलाई वर्तमान प्रधानन्यायाधिस पराजुलीले उल्ट्याउन थालेपछि प्रतिक्रिया स्वरुप जन्मिएको बताउँछन् ।

केसीले प्रधानन्यायाधिस पराजुलीको नागरिकतामा उल्लेख भएको जन्ममितिलाई लिएर उनले राजिनामा दिनु पर्ने भन्दै पराजुली भ्रष्ट र नैतिकहिन भएको भन्दै आएका थिए ।

तपाईको प्रतिक्रिया