१० फागुन, इनरुवा। छोराले प्रेम गरेर प्रेमिका भगाएपछि छोराका बाबु प्रहरी थुनामा परेका छन् । केटी पक्षले केटाको बाबुलाई छोरो हाजिर गराउन ५ दिने अल्टिमेटम दिएको थियो । केटा फेला नपरेपछि केटी पक्षको दबाबमा केटाको बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको पीडित पक्षको भनाई छ ।

हरिनगर गाउँपालिका ६ घुस्कीका सलमान अन्सारीले स्थानीय युवतीसँग प्रेम बिवाह गरेपछि सामाजिक दबाबका कारण फरार रहँदै आएका छन् । प्रहरी समक्ष छोरो फेला नपरेको जानकारी गराउन जाँदा दाउद अन्सारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले थुनामा राखेको पीडित पक्षका रहमुद अन्सारीले जानकारी दिए ।

सुनसरी प्रहरीले भने दाउदलाई पक्राउ गरिएको नभई अनुसन्धानको क्रममा सोधपुछ गरिएको जनाएको छ । छोरो हाजिर गराउन बाचा गरेपनि पुरा नगरेको र अन्य संलग्नता समेत देखिन आएकोले सोधपुछ गरिएको प्रहरी प्रवक्ता डिएसपी नारायणप्रसाद चिमोरियाले बताए ।

तपाईको प्रतिक्रिया