karuna-majhi
तस्बिर: आरजे प्रनपको फेसबुकबाट

मंसिर २४, काठमाडौँ । जोरपाटी चोकमा पानी ट्याङ्करको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।जोरपाटीबाट बौद्धतर्फ आउँदै गरेको बा १ ख ८९०० नं को पानी ट्याङ्करले बा ७ प ८२२५ नं को स्कुटीलाई बिहिबार बिहान ठक्कर दिँदा स्कुटीमा सवार १५ वर्षीया किशोरी करुणा माझीको घटनास्थलमै मृत्यु भएको छ ।स्कुटी चालक किसनकुमार लामालाई भने कुनै चोटपटक नलागेको बौद्ध प्रहरीले जनाएको छ । ट्याङ्करले ठक्कर दिँदा ट्याङ्करको पछिल्लो टायरमुनि परेकी माझीलाई ट्याङ्कर चालकले ब्याक गरेर किचेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।युवती लामाकै घरमा सानै उमेरदेखि नै काम गर्दै आएको बताइएको छ ।साझासवालबाट

 

तपाईको प्रतिक्रिया