११ फाल्गुन, मोरङ। मोरङको जहदा गाउँपालिकाबाट गएराती विधुत चोरीमा संलग्न ६ जनालाई विधुत प्राधिकरण र नेपाल प्रहरीको सँयुक्त टोलीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका १ का दिपक मण्डल, जहदा-५ का बालेश्वर मुखिया, सोही ठाँउका प्रमोद मण्डल, केशव सोरेन, नथु मण्डल र जहदा-७ का रविन मुखिया रहेका छन। उनीहरुलाई बिधुत प्राधिकरण विराटगनर र जिल्ला प्रहरी कार्यालय मोरङबाट राती ८ देखी १० बजेसम्म निस्केको अनुगमन टोलीले हुकिङ गरि घरमा विजुली लगेको अवस्थामा नियन्त्रणमा लिएको हो।

तपाईको प्रतिक्रिया