१२ फाल्गुन, झापा। झापाको विर्तामोड नगरपालिका ७ स्थित सुन्दरनीता सामुदायिक वनमा शनिबार जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। वनमा घाँस दाउरा गर्न गएका विर्तामोड नगरपालिका ३ विर्ताबजार बस्ने ७० वर्षीय लसुने मियाँ र सोही ठाउँ बस्ने ६० वर्षीय च्याङग्रा राजवंशीको हात्ती आक्रमणबाट मृत्यु भएको हो।

दिउँसो १२ बजेतिर घाँस काट्नेक्रममा उनीहरुलाई हात्तीले लछार पछार गरी छातीमा कुल्चिंदा उनीहरूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ। उनीहरुसंगै गएका अन्य दुई जना भने भाग्न सफल भएका छन ।

तपाईको प्रतिक्रिया