१२ फाल्गुन, झापा। दमक बसपार्कमा शनिबार एक युवकमाथी धारिलो हतियार प्रहार गरी भागेका तीन मध्ये दुई जनालाई घटना लगतै प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका ७ बस्ने विजु सुब्बालाई बसपार्क भित्र बसिरहेको अवस्थामा एक्कासी खुकुरी र तरबारले हानेर भाग्दै गरेका दमक-८ बस्ने राजेश लिम्बु र राम दर्जीलाई पक्राउ गरिएको हो। सोही समुहका अर्का एक जना सुनसरी इटहरी बस्ने विवेक राई फरार भएका छन।

उनको प्रहरीबाट खोजी कार्य भई रहेको छ। दिउँसो करिब २ बजेतिर बसपार्क भित्र आफ्नै मोटरसाइकलमाथी बसि रहेको अवस्थामा सुब्बामाथी तीन जनाले खुकुरी, तरबार र चक्कुले साघांतिक आक्रमण गरी भागेको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट परिचालन भई नाकाबन्दी गरी उनीहरुलाई पक्राउ गरेको हो। घाइते सुब्बाको लाईफ लाईन अस्पताल दमकमा उपचार भईरहेको छ।

तपाईको प्रतिक्रिया