- अन्सार अन्सारी

१३ फागुन, भुटाहा। सुनसरीकाे देवागंजमा रहेको दुईवटा गुप्ता पेट्रोल पम्प र भगत पेट्रोलबाट दैनिक पाँच हजार लिटर देखि दस हजार लिटर डिजल र एक हजार देखि दुई हजार पेट्रोल भारत तस्करी हुनेगरेकाे स्थानीय बासिहरुले बताए ।

एक जनाले माेटरसाइकलमा दुई सय लिटर देखि तीन सय लिटर सम्म बाेकेर भारत लाने गरेको स्थानीय मनाेज मेहताले बताए । देवागंजका किसानहरूले डिजल लिन अाउदा पेट्रोल पम्प मालिकहरुले डिजल नरहेको बताउँछ । पम्पहरुमा डिजल राखि भारती व्यापारीहरु संग लिटरमा दुई रुपैया बढी लिएर डिजल दिने गरेको मेहताले बताए । प्रहरीकाे अगाडि बाट तस्करी हुदै गर्दा देवागंज र कप्तानगंज प्रहरी मुख दर्सक भएको छन् । कप्तानगंज र देवागंज नाकावाट विभिन्न सामानहरु तस्करी हुने गरेको स्थानीयहरुकाे अाराेप रहेको छ ।

तपाईको प्रतिक्रिया