१३ फागुन, इनरुवा। सुनसरी सदरमुकाम इनरुवा नगरपालिका ९ बबियामा बसको ठक्कर बाट एकजनाको मृत्यु भएको छ । शनिबार राती इनरुवा ९ बबियामा ना.२ ख.९८४६ नम्बरको बसको ठक्कर बाट इनरुवा वडा ८ का कर्मलाल उराँवको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो । ठक्कर दिने बस सुनसरी प्रहरी नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया