बेलबारी । भाग्यशाली (चिठठा ) लट्री परेको भन्दै बिभिन्न सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने गिरोह मध्येका २ जनालाई इलाका प्रहरी कार्यलय बेलबारीले नियन्त्रणमा लिएको छ । ठगीमा संलग्न भएको आरोपमा बेलबारी १ की प्रतिमा भुजेल र झापाको बाह्दशी गाँउपालिका ६ का भोलाराज भुजेललाई प्रहरीले पक्राउ गरेको छ । बेलबारीको मालपोत चौक बाट प्रतिमा र लक्ष्मीमार्गबाट भोलाराजलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिएका छन ।

काठमाण्डौ किर्तिपुरकी एक लामा थरकी महिलालाई प्रतिमाले आईएमई मार्फत ५५ हजार रुपैया पठाएको र केही दिनपछि ती महिलालाई फेरी चिठठा परेको र १ लाख ५० हजार रुपैया आईएमईमा पठाए मात्र २५ लाखको लट्री पर्ने भन्दै बिदेशको नम्बरबाट फोन आएको थियो । निरिक्षक कटुवालका अनुसार प्रतिमालाई भोलाराजले प्रयोग गरेको र आईएमई मार्फत पैसा पठाँउदा उनलाई समेत कमिशन आउने गरेको थियो । सोही अनुसार उनले काम गरेको र उनलाई ठगीमा संलग्न गिरोहले प्रयोग गर्ने गरेको समेत उनले बताए ।

ती महिलालाई शंका लागेपछि उनले छिमेकीलाई खबर गरिन । छिमेकीको सल्लाह बमोजिम प्रहरीकहाँ पुगेकी ती महिलाले सिबिआईमा गरेका उजुरीका आधारमा प्रतिमालाई डेढलाख पठाईदिने भनी आईएमईमा जान लगाई त्यहीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
गिरोहले फोन, फेसबुक,इमो,भाईबर,हवाट्सएप लगायतका सामाजिक सञ्जाल प्रयोग गरीे ठगी गर्दै आएको कटुवालले बताए । गिरोहले बैँक खाता नम्बर तथा परिचयपत्र खुल्ने कागजात माग गरी बिश्वासमा पारेर ठगी गर्ने गरेका अनुसन्धानमा देखिएको बताए । गिरोहले मलेसिया तथा पाकिस्तानको नम्बर प्रयोग गरी ठगी गर्दै आएको र प्राप्त रकम जोगवनीमा रहेका एसबिआई बैँकबाट पठाउने गरेको समेत खुलेको छ । थप अनुसन्धान भईरहेको र गिरोहका अन्य ब्यत्तिहरु पनि पक्राउ पर्ने उनले बताएका छन ।

तपाईको प्रतिक्रिया