- अन्सार अन्सारी

१४ फागुन, भुटाहा । सुनसरीको हरिनगरा गाउँ पालिका वडा नम्बर ७ को घुस्की प्रहरी चाैकीले गए राति ८ बजे प्रहरी चाैकी घुस्कीका इन्चार्ज प्रेम राज कटुवालको टोलीले चोरि तस्करी गरी भारत तर्फ लादै गरेको एउटा भैंसी र एउटा पाडा गस्ती गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।

हरिनगरा गाउँ पालिका वडा नम्बर ७ का स्थानीय बासीहरुको सहयोगमा रातीको बेला प्रहरीले उक्त चौपाया नियन्त्रणमा लिएको हो । तीन जनाको समूहमा आएका चोरहरु छेउमा रहेको मकै बारी तथा बाँसको घारिमा  भाग्न सफल भएका थिए। प्रहरी चाैकी घुस्कीका इन्चार्ज प्रेम राज कटुवालका अनुसार चोरीको भैंसी र पाडा कस्को हो भने थाहा न भएको र अहिले सम्म कोहि पनिन आएको बताए । चोरीको भैंसी र पाडा प्रहरी चाैकी घुस्कीमा राखिएको छ ।

तपाईको प्रतिक्रिया