indian-ssb
फाइल तस्विर

काठमाडौं २५ मंसिर,  /भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले एक बुलेट ग्यास नेपाल भित्र्याउन ५० हजार रुपैयाँ ‘घुस’ मागेपछि उद्योगीले तत्काल ग्यास नल्याउने भएका छन् । नाकाबन्दीलगत्तै एसएसबीले ग्यास र अन्य पेट्रोलियम पदार्थसँगै सामान ल्याउने नेपाली व्यापारीबाट घुस माग्दै आएको छ ।

नाकाबन्दी सुरुमा थोरै पैसा माग्ने एसएसबीले अहिले प्रतिबुलेट ५० हजार रुपैयाँ माग गर्न थालेको व्यवसायीहरुले जनाएका छन् । यस विषयमा नेपाल आयल निगमलाई जानकारी दिँदै उनीहरुलाई ग्यास नल्याउने बताए । एक व्यवसायीले भने ‘सुरुसुरुमा १० हजार मागे, खुरुक्क दियौं, एसएसबीले अहिले ५० हजार रुपैयाँ नपाइन्जेल ‘माथि’को आदेश भन्दै रोकर राख्छन् । व्यवसाय गर्नै गाहो छ ।’अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया