- मिकाइल आलम

१४ फागुन, इनरुवा। “स्वच्छ पानी” जनताको घर घरमा पुर्याउने उद्देश्यले जिल्लामा बनाइएका धेरैजसो खानेपानी आयोजना प्रयोगबिहीन रहेको पाइएको छ ।

केहिवर्ष अघिसम्म खानेपानी आयोजना नहुदा सर्वसाधारणले स्वच्छ पिउने पानी बाट बन्चित हुनुपरेका थिए भने अहिले खानेपानी आयोजना सम्पन्न भैसक्दा समेत प्रयोगमा आउन नसक्दा अवस्था उस्तै छ । २०६५ सालमा आएको बाढीपछि सुनसरीका जनताको घरमा स्वच्छ पिउने पानी पुर्याउने उद्देश्यले निर्माण गरिएका खानेपानी आयोजना अधिकान्श अझै संचालनमा आएका छैन ।

सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ७ मा तत्कालीन हरिपुर गाविसमा निर्माण गरिएको खानेपानी आयोजना जीर्ण बन्दै गएको छ । २०६६ सालमा निर्माण सुरु भइ २०७० साल सम्म निर्माण कार्य सम्पन्न भैसक्दा समेत ति क्षेत्रका जनता अझै प्रतिक्षारत छन् स्वच्छ पानी पिउन । कोशीको बाँध भत्किएर ठुलो जनधनको क्षति पुर्याउने गरि आएको बाढीपछि प्रदुषणयुक्त पानी पिउन बाध्य ति क्षेत्र सर्वसाधारणमा खानेपानी बनेपछि स्वच्छ पानी पिउने र विभिन्न किसिमका रोगबाट बच्ने आशा पलाएको थियो ।

तर खानेपानी आयोजना सम्पन्न भएको आधी दशक बित्न लाग्दा समेत समस्या उस्तै छ । स्वच्छ खानेपानी अभावमा ति क्षेत्रका सर्वसाधारण जनता विभिन्न रोगबाट ग्रसित हुने गरेको कोशी गाउँपालीका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र महतो बताउँछन् । एक त सर्वसाधारणमा जनचेतनाको अभाव छदैछ उनलेे भने झन खानेपानी निर्माण सम्पन्न हुँदा समेत सुचारु हुन नसक्दा बिरामी चाप बढेको छ । कोशी गाउँपालीका वडा नम्बर ८ भाणटावारीमा निर्माण भएका खानेपानीको अवस्था पनि यस्तै छ ।

आयोजना निर्माण सम्पन्न भएको एक दशक बित्नै लागेको छ तर यी क्षेत्रका अधिकान्श सर्वसाधारण खानेपानी आयोजना बारे अझै अनविज्ञ नै छन् । स्वच्छ पानी जनताको घरमा पुर्याउने उद्देश्यले बनाइएका खानेपानी आयोजना आफैं जीर्ण हुन् लाग्दा समेत अनुगमन गर्ने निकाय कानमा तेल हालेर सुतेको स्थानीयहरुले गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया