१४ फागुन, बेलबारी। मोरङको पथरीशनिश्चरेमा माघ २७ गते आफ्नौ श्रीमतिको हत्या गरि फरार रहेका श्रीमान चन्द्र बहादुर नाल्बोलाई ईलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । २७ गते बेलुकी साढे ७ वजेको समयमा मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं ९ बस्ने वर्ष ३० की तुलसा लिम्बुलाई श्रीमान नाल्बोले खुकुरी प्रहार गरी हत्या गरेका थिए । उनलाई फागुन ११ गते २ बजे बेलवारी नगरपालिका वडा नं ११ स्थित लक्ष्मीमार्गवाट पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भई रहेको पथरी इलाका प्रमुख विजय श्रेष्ठले जानकारी दिए । निजले मादक पदार्थ सेवन गरी सामान्य घरायसी बाद बिवाद हुँदा खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धान वाट खुल्न आएको छ ।

तपाईको प्रतिक्रिया