- अन्सार अन्सारी

भुटाहा। सुन्सरीको दक्षिणमा रहेको हरिनगरा गाउँपालिका वार्ड नम्बर १ साबिकको भुटाहा गाविसमा रहेको श्री चपडाही निम्न . वि.मा शाैचालय धेरै दिन देखि फोहर हुँदा बालबालिका बाहिर शाैचालय गर्न बाध्य रहेका छन।

बिधयालय जस्तो ठाउँमा शाैचालय फोहर हुँदा विद्यार्थी र शिक्षाकहरुलाई समेत कठिनाइ भइ रहेको बिधयालय व्यवस्थापन समितिको अध्यक्ष बिन्देशरी पौदारले बताए । बिधयालयको शाैचालय यति फोहर छ कि बालबालिकाहरु शाैचालय गर्न घर जान बाध्य भएका छन। बिधयालयको शाैचालय फोहरको डंगुर रहेको तर बिधयलय को प्र . अ. भगवान लाल प्रसाद गुप्ताले कुनै चासो न देखाएको कक्षा ७ मा अध्यनरत विद्यार्थी मुना अन्सारीले बताए।

विद्यार्थी अन्सारीका अनुसार हाम्रो बिध्यालय मा शाैचालय फोहर हुँदा हामीहरुलाइ शाैचालय गर्न पढाई छाडेर घर जानू पर्ने बाध्यता रहेको छ । बिधयालय प्र.अ. भगवान लाल प्रसाद गुप्तालाई यस बारेमा सोध्दा बिधयालयमा एउटा मात्र शाैचालय रह्दा विद्यार्थीहरुलाई शाैचालय गर्न घर जान बाध्य रहेको तर शिक्षा कार्यलयमा पटक पटक माग गर्दा न दिए पछी यस्तो समस्या आएको र हाल गाउँपालिकामा माग गरेको गुप्ताले बताएको छ । ब्यस्थापन समितिको सदस्य तथा अभिभावक सराज अन्सारीको अनुसार “हाम्रो विद्यार्थी पढ्न त बिधयालय जान छ तर बिधयालय को शाैचालय फोहर हुँदा बिद्यार्थी बिधयालय पढ्न जान पनि मान्दैन्न” अभिभावक अन्सारीले बताए ।

तपाईको प्रतिक्रिया