काठमाडौं, १४ फागुन । जिल्ला अदालत कैलालीले जनताको भारी मतबाट विजयी सांसद रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । टीकापुर घटनाका अभियुक्तका रुपमा चौधरीलाई न्यायाधीश पर्शराम भट्टराईको इजलासले जिल्ला कारागार धनगढी पठाउन आदेश दिएको हो ।

टीकापुर घटनापछि फरार रहेको चौधरीले फरार रहेकै अवस्थामा कैलाली १ बाट प्रतिनिधिसभा सदस्य चुनाव जितेका थिए । चौधरीले सोमबार अदालतसामू आत्मसमर्पण गरेलगतै उनको बयान लिनुका साथै दुबै पक्षबाट बहस भएको थियो ।

बहसका क्रममा चौधरीका वकिलहरुले जनताको भारी मतबाट विजयी भइसकेका उनलाई साधारण तारेखमा छाड्नु पर्ने तर्क गरे पनि न्यायाधीश भट्टराईको इजलासले जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण हुन नसक्ने तर्क गरे । अदालतको आदेशमा भनिएको छ, ‘जनमत प्राप्त गर्नु पूर्वको फैजदारी कृयाकलापलाई पनि उत्तिकै हेक्का राख्नुपर्छ । साथै प्रतिवादीले प्राप्त गरेको जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण बन्न सक्दैन ।’

तपाईको प्रतिक्रिया